कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

प्रताप विष्ट

हेटौंडा — मकवानपुरको मनहरी गाउँपालिका-३ मा बालिकालाई यौन दुर्व्यवहार गर्ने एक शिक्षक पक्राउ परेका छन् ।

यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

आफैले पढाउँदै आएको छात्रालाई यौन दुर्व्यवहार गर्ने महेन्द्र ज्योति माध्यमिक विद्यालयका शिक्षक दिनेश उप्रेतीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । पक्राउ परेका उप्रेतीलाई अदालतमा म्याद थपेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए ।

शिक्षक उप्रेतीले यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले उजुरी दिएपछि पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार जिल्लामा चालु आवको ११ महिनामा बाल यौनजन्य घटना १४ वटा भएका छन् भने यही अवधिमा जबरजस्ती करणीका ५० वटा र जबरजस्ती करणी उद्योगका ६ वटा घटना भएका छन् ।

प्रकाशित : असार १८, २०८१ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×