कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

बज्रबाराही स्वास्थ्य चौकी जिल्लामै उत्कृष्ट

प्रताप विष्ट

हेटौँडा — मकवानपुरको थाहा नगरपालिका-६ स्थित बज्रबाराही स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट स्वास्थ्य चौकीको रुपमा पुरस्कृत भएको छ  । गत वर्ष पनि उक्त स्वास्थ्य चौकी उत्कृष्ट भएको थियो ।

बज्रबाराही स्वास्थ्य चौकी जिल्लामै उत्कृष्ट

न्यूनतम सेवा मापदण्ड (एमएसएस) मापनमा उक्त स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट भएको हो । स्वास्थ्य कार्यालय मकवानपुरले असार १७ र १८गते आयोजना गरेको वार्षिक समिक्षा तथा अन्य सूचकको मुल्याङ्कनसहित उक्त स्वास्थ्य चौकीलाई जिल्लाकै उत्कृष्ट घोषणासहित सम्मान गरेको थियो ।

कार्यक्रममा स्वास्थ्य कार्यालयका जनस्वास्थ्य प्रशासक कृष्ण मिजारले बज्रबाराही स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष राजनभक्त श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख मेघराज बलामी तथा स्वास्थ्य संस्था प्रमुख जिनु डंगोललाई सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

आर्थिक वर्ष २०८०/०८१ को मूल्याङ्कनसहित स्वास्थ्य चौकीलाई सम्मान गरिएको जनस्वास्थ्य प्रशासक मिजारले बताए । उक्त कार्यक्रममा स्वास्थ्य कार्यालयले थाहा नगरपालिकाबाहेक अन्य ९ वटा पालिकाका १/१ वटा स्वास्थ्य संस्थालाई पनि सम्मान गरेको थियो ।

पालिकास्तरमा राम्रो काम गरेका स्वास्थ्य संस्थाहरुलाई कार्यालयले सम्मान गरेको हो । स्वास्थ्य कार्यालय मकवानपुरले न्युनतम सेवा मापदण्ड (एमएसएस) मापन अन्तर्गत सुशासन व्यवस्थापन, सेवा व्यवस्थापन र स्वास्थ्य संस्था सहयोग व्यवस्थापन गरी तीन खण्डका विभिन्न सूचकमा आधारित भएर स्वास्थ्य संस्थाहरुको वार्षिक रुपमा मूल्याङ्कन गर्ने गरेको छ ।

प्रकाशित : असार १९, २०८१ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×