कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८

ग्राभेल खनेर अलपत्र छाडिएको पोखरीमा डुबेर २ बालकको मृत्यु

सिरहा — सिरहामा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । नरहा गाउँपालिका-३ खोरियाका दुई बालकको डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय शुशील मण्डलका ७ वर्षीय राहुल मण्डल र शुशीलकै भान्जा ८ वर्षीय आशिष मण्डल छन् । उनीहरू सोमबार दिउँसो १२ बजेबाट हराइरहेका थिए ।

ग्राभेल खनेर अलपत्र छाडिएको पोखरीमा डुबेर २ बालकको मृत्यु

त्यसपछि स्थानीय र प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो । खोजी गर्ने क्रममा उनीहरू मंगलबार बिहान साढे ८ बजे बस्ती छेउकै पोखरीमा तैरिरहेको अवस्थामा मृत भेटिएका हुन् ।

घटना मुचुल्का गरी शव पोष्टमार्टमका लागि सिरहास्थित प्रादेशिक अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी पञ्चकुमार बाखुले बताए ।

स्थानीयका अनुसार यो पोखरी ठेकेदारहरूले ग्राभेल खनेर अलपत्र छाडिदिएका थिए । यस क्षेत्रमा जथाभावी ग्राभेल उत्खननका कारण जताततै बनेको पोखरीमा डुबेर बर्सेनि बालबालिकाको ज्यान जाने गरेको छ ।

वर्षायाम सुरु भएसँगै खाल्डा र पोखरीहरूमा पानीको सतह बढेको र यसले मानवीय दुर्घटना निम्त्याउने जोखिम रहेको भन्दै प्रहरीले बालबालिकामाथि विशेष निगरानी राख्न आग्रह गरेको छ ।

प्रकाशित : असार १८, २०८१ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×