कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

तपाईंलाई सगरमाथाबारे के-के थाहा छ ?

सुरज कुँवर

काठमाडौँ — एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथामा पाइला राखेको ७१ वर्ष भइसक्यो । तर विश्वकै सर्वोच्च शिखर सगरमाथाबारे आम मानिसमा अनेकन जिज्ञासा र खुल्दुली छन् । सगरमाथाबारे आम मानिसका जिज्ञासाको उत्तर हामीले अल्पाइन गाइड टेन्डी शेर्पासँग खोजेका छौं ।

तपाईंलाई सगरमाथाबारे के-के थाहा छ ?

यो सिजनामा मात्रै ४ सय १४ जनाले सगरमाथाको शिखर चुम्ने सपना देखेर आरोहणको अनुमति लिएका थिए । यी स्वदेशी र विदेशी आरोहीबाट नेपाललाई ६७ करोड ४८ लाख १४ हजार ५ सय १ रुपैयाँ राजश्व प्राप्त भएको थियो ।

सगरमाथा आरोहण गर्न मनिसहरू किन यति धेरै आतुर छन् भन्ने प्रश्नको उत्तरदेखि सगरमाथा चुचरोको के छ भन्ने प्रश्नको उत्तरसम्म हामीलाई टेन्डीले बताएका छन् । सगरमाथा आधारशिविरमा हप्तौंसम्म बस्ने आरोहणदलका सदस्य कसरी खानपिन गर्छन भन्ने प्रश्नदेखि सगरमाथा आरोहीहरूले दिसापिसाब कसरी गर्छन् भन्नेसम्मका उत्तर टेन्डीले कान्तिपुरलाई बताएका छन् ।


प्रकाशित : असार १०, २०८१ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×