कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५४

कान्तिपुरकर्मी रसाइली पुरस्कृत

तनहुँ — कान्तिपुरकर्मी सम्झना रसाइली पुरस्कृत भएकी छन् । नेपाल पत्रकार महासंघ तनहुँको मंगलबार सम्पन्न १४औं सधारणसभामा गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणिन्द्र देवकोटाले कान्तिपुरकर्मी रसाइलीसहित ७ जना पत्रकारहरुलाई विभिन्न विधाका पुरस्कारबाट पुरस्कृत एवं सम्मान गरेको हो ।

कान्तिपुरकर्मी रसाइली पुरस्कृत

महासंघ तनहुँ शाखामा वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेद्वारा स्थापित चिरञ्जीवी हरिमाया स्मृति पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी रसाइलीलाई सम्मान एवं पुरस्कृत गरिएको छ । उक्त पुरस्कारको राशि दश हजार रुपैयाँ रहेको छ ।

यस्तै महासंघ तनहुँले सधारणसभाका अवसरमा प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानद्वारा स्थापित भर्लेली केवलबहादुर स्मृति पत्रकारिता पुरस्कारबाट कृष्ण न्यौपाने, मुक्तिनाथ खनालद्वारा स्थापित भवानी खनाल स्मृति पत्रकारिता पुरस्कारबाट ऋषिराम पोख्रेल, भाग्यशाला ढुंगानाद्वारा स्थापित टीकानीधि ढुंगाना स्मृति व्यास पराशर पत्रकारिता पुरस्कारबाट मदन वाग्ले, सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट रामबहादुर घले, प्रदीप काफ्लेद्वारा स्थापित पुरुषोत्तम काफ्ले स्मृति पत्रकारिता पुरस्कारबाट अन्जना तिमल्सेना, उत्तम र सुमन भट्टराईद्वारा स्थापित हरिभक्त भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट राजीवलाल श्रेष्ठ पुरस्कृत भएका छन् । सुरज गुरुङ स्मृति पुरस्कारको राशि पाँच हजार र अन्य सबै पुरस्कारको राशि दश हजार रुपैयाँ छ ।

महासंघले न्याय, सहकारी, धार्मिक, सांस्कृतिक तथा पर्यटन लगायतका क्षेत्रमा कलम चलाउने पत्रकारलाई विभिन्न विद्याका पुरस्कारबाट पुरस्कृत गर्दै आएको शाखा अध्यक्ष उज्ज्वल पौडेलले बताए ।

प्रकाशित : असार १८, २०८१ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×