कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

एकीकृत समाजवादी महाधिवेशन : सहमति खोज्ने भन्दै उम्मेदवारी दर्ता रोकियो

काठमाडौँ — नेकपा एकीकृत समाजवादीको नेतृत्व चयनमा सहमति खोज्ने भन्दै उम्मेदवारी दर्ता रोकिएको छ । काठमाडौंमा जारी महाधिवशेनमा मुख्यगरी अध्यक्षमा सर्वसम्मत नेतृत्व खोज्ने भन्दै उम्मेदवारी दर्ता रोकिएको हो ।

एकीकृत समाजवादी महाधिवेशन : सहमति खोज्ने भन्दै उम्मेदवारी दर्ता रोकियो

अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले अध्यक्षको दाबी गरेका छन् । नेपालले सर्वसम्मत अध्यक्ष चयनका लागि भुसालसँग छलफल गरिरहेका छन् । उनले भुसाललाई केही कार्यकारी अधिकारीसहित वरिष्ठ उपाध्यक्षमा बसिदिन आग्रह गरेका छन् ।

‘कार्यकारी वरिष्ठ उपाध्यक्षको प्रस्ताव आएको छ,’ भुसाल निकट एक नेताले भने, ‘अध्यक्षमा सर्वसम्मतका लागि उम्मेदवारी दर्ता रोकिएको छ ।’ अध्यक्षबाहेक अरु पदमा भने प्रतिस्पर्धा खुला गरिने तयारी छ ।

प्रकाशित : असार २०, २०८१ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×