कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४४

बाढीले तिमाङ खोलाको पक्की पुल बगायो

आश गुरुङ

लमजुङ — मनाङको तिमाङ खोलामा आएको बाढीले ढलान गरेको पक्की पुल पनि बगाएको छ । मंगलबार साँझ माथिल्लो क्षेत्रको काठेपुल बगाएकोमा राति तल्लो क्षेत्रको पक्की पुल पनि बगाएको हो ।

बाढीले तिमाङ खोलाको पक्की पुल बगायो

यसअघिको काठेपुललाई विस्थापित गर्दै २ वर्षअघि तिमाङको ठूलो छहरा र सानो छहरा गरी २ ठाउँमा पक्की पुल निर्माण गरिएको थियो ।

मंगलबार दिउँसोदेखि परेको अविरल वर्ष र त्यसपछिको बाढीले सुरुमा माथिल्लो क्षेत्रस्थित काठेपुल बगाएको र राति पक्की पुल बगाएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले बताए । तत्काल विपद् व्यवस्थापन समितिको बैठक बसेर बाटो खुलाउने सन्दर्भमा अघि बढ्ने उनले बताए ।

जिल्ला समन्वय समिति मनाङका प्रमुख चिनबहादुर घलेका अनुसार बाढीले पुल बगाउनुका साथै ढुंगामुढा सडकमा थुप्रिएको छ । सदरमुकाम चामेसहित माथिल्लो मनाङ क्षेत्रका लागि तल्लो क्षेत्रसँग सडक सम्पर्क टुटेको उनले बताए ।

नेपाली सेनाले २०६९ मा मनाङ सदरमुकाम चामेसम्मको ट्रयाक खोल्दा यी क्षेत्रमा काठेपुल राखिएको थियो । ठूलो छहरामा स्ल्याब कल्भर्ट पुल १९ लाख ९४ हजार ३ सय ७२ रुपैयाँ र सानो छहरामा स्ल्याव कल्भर्ट पुल ११ लाख ८५ हजार ५ सय ३९ रुपैयाँ ५१ पैसा लगानीमा निर्माण गरिएको थियो ।

ठूलो छहराको पुल पुरै बगाएको र सानो छहराको पुलमा ढुंगा र ग्रेग्र्या थुप्रिएर क्षति पुर्‍याएको मनाङ प्रशासनले जनाएको छ ।

प्रकाशित : असार १९, २०८१ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×