कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

देउवाले ओलीसहितको बैठकमा प्रधानमन्त्री दाहाललाई पनि बोलाए

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सरकार निर्माण गर्ने भन्दै एमाले र माओवादीका शीर्ष नेताको बैठक बोलाएका छन् । देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरी मंगलबार हुने बैठकमा सहभागी हुन आग्रह गरेका छन् ।

देउवाले ओलीसहितको बैठकमा प्रधानमन्त्री दाहाललाई पनि बोलाए

देउवाजीले राष्ट्रिय सरकार बनाउने भन्दै प्रधानमन्त्रीलाई तीन दलका शीर्ष नेताको बैठकमा बोलाएको अर्थमन्त्री वर्षमान पुनले जानकारी दिए ।

‘देउवाजीले राष्ट्रिय सरकार बनाउने भन्दै तीन दलका शीर्ष नेताको बैठक बोलाउनु भएको छ’ उनले भने, ‘हाम्रै नेतृत्वमा राष्ट्रिय सरकार हो कि अर्को हो ? त्यसमै कुराकानी होला ।’

उनले एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीलाई गठबन्धन बनाएकोबारे औपचारिकरुपमा जानकारी नदिएको दाबी गरे ।

प्रधानमन्त्रीसँग मंगलबार बिहानको भेटमा पनि ओलीले राष्ट्रिय सरकार बनाउने कोसिस गरेको बताएको जानकारी दिए । ‘राष्ट्रिय सरकार बनाउने प्रयास हो । अरु धेरै केही होइन भनेर ओलीजीको भन्नुभएको रहेछ’ उनले भने ।

देउवाले बोलाएको बैठकमा ओली र दाहालबीच कुराकानी हुने पुनको भनाइ छ ।

प्रकाशित : असार १८, २०८१ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×