कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५५

कोइरालाको जन्मजयन्तीमा कांग्रेसले गर्‍यो ऐतिहासिक फोटो प्रदर्शनी

काठमाडौँ — कांग्रेसले पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोईरालाको शताब्दी जन्म जयन्तीको अवसरमा ऐतिहासिक फोटो प्रदर्शनी आयोजना गरेको छ ।

कोइरालाको जन्मजयन्तीमा कांग्रेसले गर्‍यो ऐतिहासिक फोटो प्रदर्शनी

कांग्रेस केन्द्रीय सुचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा पार्टी केन्द्रीय कार्यालय ललितपुरमा ‘क्रान्ति देखि शान्ति सम्म’ नाम दिइएर ऐतिहासिक फोटो प्रदर्शनी गरेको हो ।

फोटो प्रदर्शनीको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।फोटो प्रदर्शनीको प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली,डा. बाबुराम भट्टराईले अवलोकन गरेका छन् ।




फोटो प्रदर्शनीको अलावा क्रान्तिदेखि शान्तिसम्म विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र नेकपा(एमाले)का नेता प्रदीपकुमार ज्ञवालीले विचार राख्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी समुन्नतिको दोस्रो जग भन्ने शीर्षकमा छलफल काठमाडौं विश्वविद्यालयका प्राध्यापक डाक्टर अच्युत वाग्ले, हरि शर्मा र मञ्चला झाले अभिव्यक्ति राख्ने कार्यक्रम छ ।

कार्यक्रममा ‘फोटो पत्रकारिता : जोखिम र अनुभव’ शीर्षकमा फोटो पत्रकार गोपाल चित्रकार, मीनरत्न बज्राचार्य, विकास रौनियार, चन्द्रशेखर कार्की, प्रकाश माथेमा, विकास कार्की लगायतका फोटोपत्रकारहरुले पनि बोल्ने कार्यक्रम रहेको प्रमुख विश्वकर्माले जानकारी दिए ।


प्रकाशित : असार १८, २०८१ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×