तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

यस्तो छ कोरोनाबाट बच्‍न संसद्‌मा सतर्कता [तस्बिरहरु]

नेपालमा पनि कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित संख्या वृद्धि भएसँगै विभिन्‍न क्षेत्रमा सतर्कता बढाइएको छ । नेपाल सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफल चलिरहेको संघीय संसद्‌ भवनमा कोरोना भाइरस संक्रमण रोक्‍नका लागि विभिन्‍न सावधानीका उपाय अपनाइएको छ ।

‘छाेराछाेरी घर आऊ भन्छन्, कसरी जानु ?’

अहिलेसम्म देशभर ठ्याक्कै कति मजदुर छन् भन्ने औपचारिक तथ्यांक सरकारसँग छैन । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मजदुरका क्षेत्रमा काम गर्ने विभिन्न संगठनहरुको अनुमानमा देशभर २० लाखभन्दा धेरै मजदुर छन् भने काठमाडौं र आसपासका जिल्लामा मात्रै करिब १२ लाख । मजदुरको यकिन तथ्यांक नभएकै कारण राहत वितरणमा समेत अप्ठ्यारो परेको भन्दै तथ्यांक संकलनको काम थालेको सरकारले अहिलेसम्म यकिन संख्या कति हो, निर्क्यौल गर्न सकेको छैन ।

लकडाउनमा किसान खेतबारीमै [तस्बिरहरु]

कोभिड १९ को जोखिम कम गर्न सरकारले जारी गरेको लकडाउन शुक्रबार २४ औं दिन पुगेको छ । छिमेकी भारत लगायत मुलुकमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएपछि सरकारले नेपालमा लकडाउनलाई कडा पार्दै गएको छ । गत चैत ११ देखि सुरु लकडाउनका कारण राजमार्ग, सहरी क्षेत्र ठप्प छ । जसले गर्दा ज्याला मजदुरी गर्नेहरु सबभन्दा बढी मारमा परेका छन् । तर यही बेला ग्रामीण भेगका किसान भने लकडाउनको पर्वाह नगरी दिनहुँ काममा खटिरहेका देखिन्छन् । किसानहरु चैतेधान रोपाइँ, तरकारीबारीको खनजोत, स्याहारसुसार र लेकाली क्षेत्रमा मकै गोड्ने लगायतका कामको चटारोमा छन् । हेर्नुहोस् धादिङका किसानका केही तस्बिर

लकडाउनको मौकामा धमाधम सडक मार्किङ (तस्बिरहरू)

कोरोना भाइरस(कोभिड–१९) को जोखिम रोकथामका लागि सरकारले देशभर लकडाउन गरेका कारण सडक खाली छन् । यही मौका छोपेर सडक मार्किङको काम धमाधम भइरहेको छ । सडक विभागका कर्मचारीहरुले सिंहदरबार क्षेत्रमा यसरी धमाधम गर्दैछन् सडक मार्किङको काम । हेर्नुहोस् तस्बिरहरु :

कोरोनाले खल्लो चैती छठ [तस्बिरहरु]

चैती छठको रौनक गत शनिबारदेखि सुरु भएको पनि यसवर्ष पोहोरपरारको जस्तो रमाइलो भएन । कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले गरेको लकडाउनका कारण यस वर्षको चैती छठको पूजा धेरैले घरभित्रै बसेर गरे ।

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेनाका लेखहरु :

सरकारी कार्यालयमा भीड [तस्बिरहरु]

सरकारले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाइने भन्दै बुधबार निर्णय गर्यो ।बुधबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गरेको उक्त निर्णय सरकारी कार्यालयहरुमा लागू भएको पाइएन । बिहीबार ललितपुरस्थित यातायात व्यवस्था कार्यालय,नापी विभाग लगायतका सरकारी कार्यालयहरुमा सेवाग्राहीको भीड धेरै नै थियो । सार्वजनिक स्थलमा भेला हुन नपाइने भन्दै सरकारले निर्णय गरेपनि सरकारी कार्यालयहरुमा भने धेरै नै भिड हुने गरेको छ ।

तस्बिरमा नेपाल र भुटानबीचको खेल

१३औ‍ँ साग अन्तर्गत नेपाल र भुटानबीचको पुरुष फुटबलको फाइनलमा नेपालले अग्रता लिएको छ । १-१ को बराबरीमा पहिलो हाफ टुंगिएपनि दोस्रो हाफमा नेपालले अग्रता लिएको छ ।

१३ औं साग औपचारिक रुपमा सुरु... [तस्बिरहरु]

दक्षिण एसियाको ओलम्पिक मानिने साग प्रतियोगिता १३ औं संस्करण औपचारिक रुपमा दशरथ रंगशालमा सुरु भएको छ । उद्धघाटन कार्यक्रमलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा तथा राखेपका सदस्य सचिव रमेश सिलवाले सम्बोधन गरेका थिए ।

नयाँ स्वीमिङ पुलमा पानी हालियो [तस्बिरहरु]

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि बहुप्रतिक्षित हिटिङ सिस्टमको नयाँ स्वीमिङ पुलमा आइतबार बिहान पानी हालिएको छ । हिटिङ सिस्टमको परीक्षण पनि सफल भएको इन्जिनियरले बताएका छन् । यससगै १३ औं सागको लागि स्वीमिङ पुल तयार भएको भन्ने अवस्थामा आइपुगेको छ ।

त्रिभुवन विमानस्थलबाट यसरी कारकेडमा गए चिनियाँ राष्ट्रपति सी

नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ त्रिभुवन विमानस्थलबाट सोल्टी होटल प्रस्थान गरेका छन् । उनी एयर चाइनाका २ वटा विमानबाट ल्याइएका कारकेड र बुलेटप्रुफ कारको सुरक्षा घेरामा रहँदै सोल्टी गएका हुन्। सी शनिबार अपरान्ह पौने ५ बजे काठमाडौं ओर्लिएका थिए ।