माइतीघरमा जनमतले मनायो धोती दिवस [तस्बिरहरू]

पुस १७, २०८१

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

Dhoti Day celebrated by public at Maitighar [Photos]

काठमाडौँ — जनमत पार्टीले काठमाडौँको माइतीघरमा धोती दिवस मनाएको छ । दिवसको सन्दर्भमा विद्यार्थी जनमत संघ र युवा जनमत संघले संयुक्त रूपमा र्‍याली र कोणसभा गरेका हुन् ।

Dhoti Day celebrated by public at Maitighar [Photos]

धोती आफूहरूको पहिचान भएको भन्दै उनीहरूले धोती लगाएकै आधारमा कसैले पनि कसैमाथि भेदभाव गर्न नमिल्ने दाबी गरेका छन् । उनीहरूले अन्तर्राष्ट्रिय पोसाक दिवसलाई नेपालमा धोती दिवसका रूपमा मनाउनुपर्ने भन्दै धोती संस्कृतिको संरक्षणका लागि समेत आह्वान गरेका छन् । माइतीघरमा भएको प्रदर्शन र कोणसभामा जनमतका अध्यक्ष सीके राउतसहित पार्टीका शीर्ष नेताहरू समेत सहभागी थिए ।

Dhoti Day celebrated by public at Maitighar [Photos]
Dhoti Day celebrated by public at Maitighar [Photos]
Dhoti Day celebrated by public at Maitighar [Photos]
Dhoti Day celebrated by public at Maitighar [Photos]
Dhoti Day celebrated by public at Maitighar [Photos]
Dhoti Day celebrated by public at Maitighar [Photos]
Dhoti Day celebrated by public at Maitighar [Photos]

तस्बिर तिमिल्सेना कान्तिपुरका फोटो पत्रकार हुन् । उनी फोटो विभागका संयोजक हुन् ।

Link copied successfully