काठमाडौँ — सौराहामा बिहीबारदेखि हात्ती तथा पर्यटन महोत्सव सुरू भएको छ । क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर क्षेत्रीय होटल संघ (हान) सौराहाले सन् २००५ देखि हात्ती महोत्सव सुरू गरेको हो । यो १८ औं हात्ती महोत्सव हो । सौराहा आडको बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा पुस १५ गते सोमबारसम्म महोत्सव सञ्चालन हुने छ । महोत्सवको उद्घाटनअघि सिंगारिएका हात्तीको लस्करसहित आदिवासी थारूलगायतका समुदायको सांस्कृतिक झाँकी निस्किएको थियो ।
![Elephant and Tourism Festival in Sauraha [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/hatti-mahotsav1-1-26122024112409-1000x0.jpg&w=1001&h=0)