कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८

खोटाङ पूर्णखोप सुनिश्चितता घोषणा

डम्बरसिं राई

खोटाङ — जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्लाका ५९ महिनासम्मका सबै बालबालिकालाई विभिन्न १३ प्रकारका खोप लगाइसकेपछि मंगलबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

खोटाङ पूर्णखोप सुनिश्चितता घोषणा

जिल्लाका ५९ महिनाभित्रका नौ हजार तीन सय तीन जना बालबालिकालाई विभिन्न १३ प्रकारका खोप लगाइसकेपछि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन् । जिल्लास्थित स्थानीय तहहरूलाई पूर्ण खोप सनिश्चितता घोषणा गरिसकेपछि जिल्लालाई समेत घोषणा गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चौलागाईंले बताए ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका एक हजार दुई सय ५९, हलेसी तुवाचुङ नगरपालिकामा एक हजार आठ सय ८४, ऐसेलुखर्क गाउँपालिकामा आठ सय ९९, रावाबेंसी गाउँपालिकामा सात सय २६, केपिलासगढी गाउँपालिकामा तीन सय ९९, साकेला गाउँपालिकामा छ सय ६१, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा आठ सय ९४, खोटेहाङ गाउँपालिकामा एक हजार ४३, जन्तेढुंगा गाउँपालिकामा सात सय ६४ र बाराहापोखरीमा सात सय ७४ जना बालबालिकाले सबै प्रकारका खोप पाएपछि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो । उनका अनुसार साकेला गाउँपालिकालाई जेठ ४ गते, हलेसी तुवाचुङ नगरपालिकालाई जेठ ११ गते, रावाबेंसी गाउँपालिकालाई जेठ २० गते, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई जेठ २१ ग्ते, खोटेहाङ गाउँपालिकालाई जेठ २८ गते, केपिलासगढी गाउपालिकालाई जेठ ३० गते, ऐसेलुखर्क गाउँपालिकालाई जेठ ३१ गते, बराहापोखरी गाउँपालिकालाई असार ४ गते, जन्तेढुंगा गाउँपालिकालाई असार ५ गते र दिप्रुङ चुइचुम्मा गाउँपालिकालाई असार १३ गते पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको थियो ।

प्रकाशित : असार १८, २०८१ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×