कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५५

प्रधानमन्त्री दाहाल शीतल निवासमा

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउन राष्ट्रपति कार्यालय शीतल निवास गएका छन् । कांग्रेस र एमालेबीच नयाँ सत्तागठबन्धन बनाउने सहमति भएपछि राजनीतिक रुपमा अल्पमतमा परेका दाहाल पार्टीको पदाधिकारी बैठक सकेर बालुवाटारबाट शीतल निवास पुगेका हुन् ।

प्रधानमन्त्री दाहाल शीतल निवासमा

माओवादी पदाधिकारी बैठकले दुई दलबीच नयाँ सहमति भएपनि प्रधानमन्त्रीले राजीनामा नदिने र संसद्मा विश्वासको मतको सामना गर्ने निर्णय गरेको छ । तर कांग्रेस र एमालेले भने राजनीतिक रुपमा अल्पमतमा परेकाले राजीनामा दिइ मार्ग प्रशस्त गर्न भनेका छन् । दाहालले प्रधानमन्त्री पद नछोड्ने बरु सबै दलसँग संवाद अघि बढाउने रणनीति तय गरेका छन् ।

प्रकाशित : असार १८, २०८१ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×