कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

सिरहामा यात्रु सवार विंगरमा ठोक्कियो टिपर

विनय आजाद

सिरहा — सिरहाको धनगढीमाई नगरपालिका-९ मुसहर्नियास्थित पूर्वपश्चिम राजमार्गमा टिपरले विङ्गरलाई ठक्कर दिएको छ । पश्चिमबाट पूर्वतिर जाँदै गरेको ना १ आ १६४ नम्बरको टिपरले पूर्वबाट पश्चिमतिर आउँदै गरेको ना १ ज ६४३८ नम्बरको विङ्गरलाई ठक्कर दिएको हो ।

सिरहामा यात्रु सवार विंगरमा ठोक्कियो टिपर

मंगलबार सवा तीन बजेको समयमा अत्यधिक गतिमा गुडिरहेको टिपर अनियन्त्रित भएर विङ्गरलाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । विङ्गरमा करिब २० जना यात्रु सवार थिए ।

त्यसमध्ये अधिकांश यात्रु घाइते भएका छन् । पाँच जनालाई भने बढी चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूको दुर्घटनास्थल नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।

टिपर र विंगर दुवै सवारीचालक भने घटनालगत्तै फरार भएको र उनीहरूको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले जनाए ।

प्रकाशित : असार १८, २०८१ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×