कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११८

प्रदेशका पूर्वसांसद यादवलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

सन्तोष सिंह

धनुषा — सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा पक्राउ परेका मधेश प्रदेश पूर्वसांसद कौशाल यादवलाई पुर्पक्षका लागि थुनामा राख्न महोत्तरी जिल्ला अदालतले आदेश दिएको छ ।

प्रदेशका पूर्वसांसद यादवलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

जिल्ला अदालत महोत्तरीको ७ नं. इजलासका न्यायाधीश फनेशवरी घिमिरेले कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा र आगजनी मुद्दा ५ हजार धरौटी राख्ने निर्णय गरेको श्रेस्तेदार नुतन झाले बताइन् । मधेश आन्दोलनमा मारिएका सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा प्रदेश पूर्वसांसद यादवलाई शनिबार राति पक्राउ गरी प्रहरीले आइतबार जिल्ला अदालत महोत्तरीमा पेस गरेको हो ।

महोत्तरीको पोखरभिन्डामा यादवले चलाइरहेको गाडी दुर्घटनामा परेको र दुर्घटनामा परेको गाडीसहित भाग्न खोज्दा प्रहरीले यादवलाई नियन्त्रणमा लिएका थिए । लामो समयदेखि यादव फरार थिए ।

२०७२ भदौ २५ गते सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोस्ट सुरक्षा बेस क्याम्प जलेश्वर महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई मधेसी मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिई कुटपिट गर्दा मृत्यु भएको थियो ।

प्रकाशित : असार १९, २०८१ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×