कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५६

रौतहटमा लागूऔषधसहित दुई जना भारतीय पक्राउ 

शिव पुरी

रौतहट — रौतहटको चन्द्रनिगाहपुर–गौर खण्डस्थित स्व.शेख इद्रीश गेटबाट मंगलवार राति ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित दुई भारतीयलाई सशस्त्र प्रहरीले पक्राउ गरेका छन् । उनीहरूले उक्त समान कहाँ बिक्री गर्न लैजान लागेको भन्ने खुलेको छैन । 

रौतहटमा लागूऔषधसहित दुई जना भारतीय पक्राउ 

राति करिब ९ बजे राजपुर नगरपालिका–१ स्थित स्व.शेख इद्रीश गेटअगाडि सशस्त्र प्रहरीले ना १ ज ७१०९ नम्बरको सार्वजनिक भाडाको सवारीलाई चेक गर्ने क्रममा सिटमुनि लुकाएर ल्याउँदै गरेको लागूऔषधसहित भारतीय युवकलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण हजमिनियाले जनाएको छ ।

सशस्त्र प्रहरी गणका अनुसार लागूऔषध बुपरेनोरफिन इन्जेक्सन आईपी २ एमएलको २९९ पिस, प्रोमेथ्रोजिन हाइड्रोसाइड इन्जेक्सन २ एमएल को २९९ पिस र डाइजेपाम इन्जेक्सन आइपी २ एमएलका ३०० गरी ८९८ पिस बरामद भएको हो ।

लागूऔषधसहित सशस्त्रले भारत विहार सीतामढी जिल्ला बखरी गाउँ–३ का अमित कुमार र रौशन कुमारलाई पक्राउ गरेको जनाएको छ । सशस्त्र प्रहरीले पक्राउ परेको भारतीय र बरामद समानको आवश्यक अनुसन्धान, कारबाहीका लागि बुधबार जिल्ला प्रहरी गौरलाई जिम्मा लगाएको छ ।

प्रकाशित : असार १९, २०८१ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×