ग्राभेल खनेर अलपत्र छाडिएको पोखरीमा डुबेर २ बालकको मृत्यु
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
सिरहा — सिरहामा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । नरहा गाउँपालिका-३ खोरियाका दुई बालकको डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय शुशील मण्डलका ७ वर्षीय राहुल मण्डल र शुशीलकै भान्जा ८ वर्षीय आशिष मण्डल छन् । उनीहरू सोमबार दिउँसो १२ बजेबाट हराइरहेका थिए ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![ग्राभेल खनेर अलपत्र छाडिएको पोखरीमा डुबेर २ बालकको मृत्यु](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/balak-sab-0272024101825-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
त्यसपछि स्थानीय र प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो । खोजी गर्ने क्रममा उनीहरू मंगलबार बिहान साढे ८ बजे बस्ती छेउकै पोखरीमा तैरिरहेको अवस्थामा मृत भेटिएका हुन् ।
घटना मुचुल्का गरी शव पोष्टमार्टमका लागि सिरहास्थित प्रादेशिक अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी पञ्चकुमार बाखुले बताए ।
स्थानीयका अनुसार यो पोखरी ठेकेदारहरूले ग्राभेल खनेर अलपत्र छाडिदिएका थिए । यस क्षेत्रमा जथाभावी ग्राभेल उत्खननका कारण जताततै बनेको पोखरीमा डुबेर बर्सेनि बालबालिकाको ज्यान जाने गरेको छ ।
वर्षायाम सुरु भएसँगै खाल्डा र पोखरीहरूमा पानीको सतह बढेको र यसले मानवीय दुर्घटना निम्त्याउने जोखिम रहेको भन्दै प्रहरीले बालबालिकामाथि विशेष निगरानी राख्न आग्रह गरेको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)