कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

जंगली च्याउ खाँदा ५ जना बिरामी

प्रताप विष्ट

हेटौंडा — हेटौंडा उपमहानगरपालिका-१९ बसामाडीमा जंगली सल्ले च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी भएका छन् ।

जंगलबाट ल्याएको सल्ले च्याउ खाँदा हेटौंडा–१९ बसामाडीका ३६ वर्षीय श्यामबहादुर बल, १६ वर्षीया अनिता बल, ११ वर्षीय रेमन बल, ७३ वर्षीया फूलमाया र ३४ वर्षीय तुलबहादुर बिरामी भएको वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

उनीहरूको हेटौडा अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ । मकवानपुरमा २ साताबीचमा जंगली च्याउ खाएर तीन जनाको मृत्यु हुनुको साथै २३ जना बिरामी भएका छन् ।


प्रकाशित : असार १६, २०८१ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×