कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

विपद् व्यवस्थापन पूर्वतयारी गर्न सरकारसँग राप्रपाको माग

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीले बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद् व्यवस्थापनको पूर्वतयारी गर्न सरकारसँग माग गरेको छ । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको आइतबारको बैठकले सरकारसँग विपद् व्यवस्थापनमा सबै संयन्त्र परिचालन गर्न सरकारसँग माग गरेको हो ।  

विपद् व्यवस्थापन पूर्वतयारी गर्न सरकारसँग राप्रपाको माग

केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई पनि विपद्मा परेकाको उद्धारमा खट्न आह्वान गरेको छ । 'देशका विभिन्न ठाऊँमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति राप्रपा दु:ख प्रकट गर्दछ । अधिक वर्षा हुने समय आउँदै गरेकाले सजग र सचेत रहन राप्रपा आम जनसमुदायमा हार्दिक अपील गर्दछ,' राप्रपा विज्ञप्तिमा उल्लेख छ, 'विपद व्यवस्थापनको आवश्यक पूर्व तयारी गर्न, सरकारको सबै संयन्त्र परिचालन गर्न राप्रपा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ । साथै, वर्षातले पुऱ्याउन सक्ने सम्भावित क्षतिप्रति चनाखो बन्न, बाढिपहिरो लगायतका घटना भइहालेमा तुरुन्तै क्रियाशील बन्न सबै तहका पार्टी कमिटी र सदस्यलाई राप्रपा आह्वान गर्दछ ।'

खेतीको समय सुरु भइसकेको अवस्थामा किसानलाई सहज र सरल ढंगबाट रासयनिक मल, बिऊबिजन उपलब्ध गराउन पनि राप्रपाले सरकारसँग ध्यानाकर्षण गराएको छ ।

राप्रपाले जिल्ला अधिवेशनको कार्यविधि, २०८१ संशोधन सहित पारित गरेको पनि विज्ञप्तिमा उल्लेख छ । राप्रपा केन्द्रीय कार्यसमितिको बैठकले आगामी २०८२ वैशाखभित्र सबै जिल्लाको जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

प्रकाशित : असार १६, २०८१ २२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×