कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

बाघको आक्रमणमा ६० वर्षीय पुरुष घाइते

कमल पन्थी

बर्दिया — खाता जैविकमार्गअन्तर्गत मध्यवर्तीक्षेत्रमा बाघको आक्रमणमा एक पुरुष घाइते भएका छन् । 

गोठाला गएको समयमा मधुवन–१ पत्थरबोझीस्थित तीनखोलीमा ६० वर्षीय मोतीराम थारुलाई मंगलबार दिउँसो बाघले आक्रमण गरेको हो । खाता जैविकमार्ग समन्वय समितिका अध्यक्ष हरि गुरुङका अनुसार बाघको आक्रमणबाट घाइते थारुलाई उपचारका लागि बाँकेको नेपालगन्ज लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी उपरीक्षक प्रविण धितालले घटनाको पुष्टि गरेका छन् ।

प्रकाशित : असार १८, २०८१ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×