कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६

पारा भारोत्तोलनमा चार राष्ट्रिय कीर्तिमान

काठमाडौँ — पारा तथा विशेष खेलकुदमा भारोत्तोलनका चार खेलाडीले मंगलबार चार राष्ट्रिय कीर्तिमान बनाएका छन् । चारै कीर्तिमान पुरुष स्पर्धामा बनेको हो ।

पारा भारोत्तोलनमा चार राष्ट्रिय कीर्तिमान

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा प्रतियोगिताको पुरुष ७२ केजीमाथि वाग्मती प्रदेशका आशिष मानन्धरले १४५ केजी भार वहन गर्दै आफ्नै नामको राष्ट्रिय कीर्तिमानमा सुधार गरे । उनकै नाममा १३० केजीको कीर्तिमान थियो । कर्णाली प्रदेशका किरणकिशोर सापकोटा र कोशी प्रदेशका सुपर राई दोस्रो र तेस्रो भए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगिताको पुरुष ५९ केजीमा सुदूरपश्चिम प्रदेशका सुरेश विष्टले ८६ केजी तौल उठाएर राष्ट्रिय कीर्तिमान बनाए । ८५ केजी कीर्तिमान दीपक तिमल्सिनाको नाममा थियो । कोशीका सोमनाथ राई दोस्रो र वाग्मतीका मानबहादुर राना मगर तेस्रो बने ।

पुरुष ६५ केजीमा वाग्मतीका दीपक खड्काले १०१ केजी उचाल्दै राष्ट्रिय कीर्तिमान बनाए । उनले ठाकुर श्रेष्ठको ९० केजीको कीर्तिमान भंग गरे । वाग्मतीका बिरु ढुंगानाले रजत र लुम्बिनीका लक्ष्मण नेपालीले कांस्य प्राप्त गरे ।

पुरुष ५४ केजीमा बागमतीका ठाकुर श्रेष्ठले १०० केजी उचाल्दै कीर्तिमानसहित स्वर्ण जिते । उनले आफ्नै नाममा रहेको ९० केजीको कीर्तिमानमा सुधार गरे । गण्डकी प्रदेशका पवन घर्ती मगर दोस्रो र वाग्मतीका दीपक तिमल्सिना तेि्रो स्थानमा रहे ।

पुरुष ४९ केजीमा बागमतीका मनीष पुन मगरले स्वर्ण जिते । उनले ५० केजी वजन उठाए । कर्णालीका रुपलाल बस्नेतले रजत र कोशीका अजित खातीले कांस्य जिते । पुरुष ७२ केजीमुनि वाग्मतीका राजाराम सिलवालले ८० केजी तौल उचालेर विजेता बने । लुम्बिनीका नारायण तिमल्सिना दोस्रो र वाग्मतीका रामकाजी मगर तेस्रो भए ।

दुईदिने प्रतियोगितामा मधेशबाहेक ६ प्रदेशका ४२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुषमा ६ र महिलामा ३ गरी ९ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।

प्रकाशित : असार १८, २०८१ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×