सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त

असार १८, २०८१

कान्तिपुर संवाददाता

Suresh Adhikari appointed as Secretary of the House of Representatives

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले संखुवासभाका सुरेश अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका छन् । 

'राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा, १०६ को उपधारा (१) बमोजिम खाँदबारी नगरपालिका–२ निवासी अधिकारीलाई संघीय संसद्, प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गर्नुभएको छ,' राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

कान्तिपुर

Link copied successfully