कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८

संरक्षण क्षेत्रको जंगलमा लुकाइ राखेको भरुवा बन्दुक बरामद

मनोज बडू

दार्चुला — अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय अन्तर्गत पर्ने जंगलमा लुकाइ राखेको अवस्थामा प्रहरीले भरुवा बन्दुक बरामद भएको छ । नौगाड गाउँँपालिका–१ मल्लासेली भन्ने जंगलमा लुकाइ राखेको एकनाले भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त जंगलमा नौगाड गाउँपालिका–१ नागु बस्ने ५३ वर्षीय जयसिंह डडालले लुकाएर राखेको अवस्थामा फेला परेको हो । गत असार ८ गते नौगाड गाउँपालिका–१ नागु लक्सेरीका ५५ वर्षीया धंके डडालको टाउकोमा गोली हानेर दल्लेख प्रहरी चौकीमा आत्मसमर्पण गर्न पुगेका जयसिंहले जंगलमा लुकाएर राखेको भरुवा बन्दुक प्रहरीले फेला पारेको प्रहरी निरीक्षक छत्र रावतले बताए ।

दल्लेख प्रहरी चौकीबाट प्रहरी सहयक निरीक्षक नेतृत्वको प्रहरी टोलीले भरुवा बन्दुक खोज्दै जाँदा सोमबार फेला पारेको हो । धंके डडालको गोली हानेर ज्यान लिएका जयसिंह अहिले प्रहरी हिरासतमा रहेका छन् । बरामद गरिएको भरुवा बन्दुक दल्लेख प्रहरी चौकीबाट जिल्ला ल्याउने तयारी भइरहेको छ । जयसिंहलाई जिल्ला अदालतबाट ७ दिनको म्यादथप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १८, २०८१ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×