गोकुलेश्वरदेखि दार्चुला सदरमुकाम खलंगा जोड्ने छोटो दूरीको खलंगा–खार–गोकुलेश्वर सडक निर्माण २०५५ सालमा सुरु भएको हो । ५२ किलोमिटर दुरीको यो खण्ड अझै बनिसकेको छैन ।
बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका–७ बुदीलमा १९ वर्षीया युवती मृत फेला परेकी छन् । बुदीलकी स्थानीय चन्द्रा विष्ट बिजुलीको पोलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
अपीहिमाल गाउँपालिकाको खण्डेश्वरी क्षेत्रका बासिन्दालाई चाडबाडमा खाद्यान्न महँगो पर्ने भएको छ । यहाँको खाद्य डिपोमा खाद्यान्न मौज्दात शून्य भएको छ । यातायातको पहुँचबाट टाढा जिल्लाको दुर्गम खाद्य डिपो खण्डेश्वरीमा चामल ढुवानी नभएपछि यस्तो अवस्था आएको हो ।
दार्चुलास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुलबाट हाम फालेका एक जना पुरूष महाकाली नदीमा बेपत्ता छन् । बिहीबार बिहान साढे ७ बजेतिर सदरमुकाम खलंगास्थित झोलुङ्गे पुलबाट एक पुरुषले हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
शैल्यशिखर नगरपालिकाको नायलबाट चरेससहित दुई जना पक्राउ परेका छन् । मंगलबार बिहान करिब ९ किलोग्राम चरेससहित एक महिला र एक पुरूषलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
चीनसित जोडिएको पश्चिम नेपालको टिंकरस्थित छियालेकमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) सञ्चालनमा आएको छ । दार्चुला सदरमुकाम खलंगाबाट १ सय १२ किलोमिटर टाढा रहेको नेपाल–चीन र भारतको त्रिदेशीय बिन्दु टिंकरमा बीओपीको गत शुक्रबार उद्घाटन गरिएको हो ।
दार्चुलाका वडा सचिव बैतडी जिल्लामा मृत भेटिएका छन् । दार्चुलाको शैल्यशिखर नगरपालिका–२ का वडा सचिव खेमराज कपाडी बैतडीको दोगडाकेदार गाउँपालिका–५ सल्सेनामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
पश्चिम नेपालको चीनसित जोडिएको टिंकरस्थित छियालेकमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) सञ्चालनमा आएको छ । दार्चुला सदरमुकाम खलंगाबाट १ सय १२ किलोमिटर टाढा रहेको नेपाल–चीन र भारतको त्रिदेशीय विन्दु टिंकरमा बीओपीको शुक्रबार उद्घाटन गरिएको हो ।
सोमबार बिहान करेन्ट लागेर सिकिस्त घाइते भएकी महिलाको हवाई उद्धार गरिएको छ । नेपाली सेनाको हेलीकप्टरमार्फत बैतडी जिल्ला डिलाशैनी गाउँपालिका–६ की ४३ वर्षीया कलावती नाथको उद्धार गरिएको प्रहरीले जनाएको छ ।