पार्टीको प्रथम जिल्ला अधिवेशनले राजेशसिंह सामन्तलाई पुन: सभापतिमा चयन गरेको हो ।
दार्चुला — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दार्चुलाको कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ । पार्टीको प्रथम जिल्ला अधिवेशनले राजेशसिंह सामन्तलाई पुन: सभापतिमा चयन गरेको हो ।
समितिको उपसभापतिमा सुरेन्द्रबहादुर खडायत, सचिवमा राजेन्द्र पन्त, सहसचिवमा धिरेन्द्रसिंह बिष्ट सर्वसम्मत चयन भएका छन् । कोषाध्यक्ष भने पछि कार्यसमितिले मनोनयन गरिने सभापति सामन्तले जानकारी दिए ।
२१ जनाको जिल्ला कार्यसमितिमा ९ जना पालिका समितिका सभापतिसदस्य रहने व्यवस्था रहने जिल्ला सभापति सामन्तले बताए ।
