आइतबार ११:५५ बजे मार्मा गाउँपालिका–४ तपोवन आसपास केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो
दार्चुला — दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार मार्माको तपोवन क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार आइतबार ११:५५ बजे मार्मा गाउँपालिका–४ तपोवन आसपास केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि, यही वैशाख २४ गते धादिङको चराङ फेदी आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको मापन केन्द्रले जनाएको छ ।
