कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४४

विद्युत सर्ट हुँदा गोठमा आगलागी

मनोज बडू

दार्चुला — बैतडी जिल्लाको सुर्नया गाउँपालिका–३ डुङरीमा विद्युत सर्ट भइ गोठमा आगलागी भएको छ । सोमबार राति स्थानीय हिक्मत ऐरीको ढुंगा, माटो र काठले बनेको दुईतले गोठमा आगलागी भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सोमबार राति विद्युतको तार सर्ट भइ गोठमा आगलागी हुँदा ऐरीले पालेको एउटा खसी मरेको छ । आगलागीका कारण काठ, खर लगायतका सामग्रीहरू जलेर नष्ट भएका छन् ।

आगलागीबाट मानवीय क्षति नभए पनि करिव एक लाख २० हजार बराबरको क्षति भएको बैतडी प्रहरीका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १९, २०८१ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×