कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सार्थक कार्कीको उपन्यास 'इजाजतपत्र' सार्वजनिक 

काठमाडौँ — सार्थक कार्कीको उपन्यास 'इजाजतपत्र' सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच पूर्व मुख्यसचिव विमल कोइराला, समालोचक कुमारी लामा र समीक्षक एवं सम्पादक राजकुमार बानियाँले कार्कीको उपन्यास इजाजतपत्र लोकार्पण गरेका हुन् । 

सार्थक कार्कीको उपन्यास 'इजाजतपत्र' सार्वजनिक 

नेपाल राष्ट्र बैंकमा कार्यरत कार्कीको यो पहिलो आख्यान हो । उपन्यास इजाजतपत्रमा राज्य संयन्त्रले जनतालाई सेवा दिँदा कति हैरान बनाउँछ भन्ने विषय सरल ढंगले उजागर गरिएको पूर्व मुख्यसचिव कोइरालाले बताए । राज्य संरक्षक हो कि नियन्त्रक भन्ने सवालमा पुस्तकले प्रश्न उठाएको कोइरालाको भनाइ थियो । उनले भने,'उपन्यासको विषयवस्तु मार्मिक छ, यो नेपाली साहित्यको उत्कृष्ट काव्याख्यान हो ।'

समालोचक लामाले नेपालको प्रशासन संयन्त्रले नागरिकमाथि थोपरेको सास्तीलाई उपन्यासले सुन्दर ढङ्गले चित्रण गरेको बताइन् । लामाले भनिन्, 'यो उपन्यासमा डार्क ह्युमर प्रशस्त छ । यसले प्रशासनको मात्र नभई कला, साहित्य, दर्शन, अध्यात्मलाई पनि उत्तिकै चोटिलो रुपमा प्रस्तुत गरेको छ ।'

समीक्षक एवं सम्पादक बाँनियाले इजाजतपत्र पहिलो उपन्यास भईकन पनि कार्कीले नेपाली साहित्यलाई अब्बल आख्यान दिएको बताए । बानियाँले नेपाली साहित्यमा एउटा जिम्मेवार लेखकको उदय भएको बताउँदै कार्कीको लेखनीको प्रशंसा गरे । सांग्रिला बुक्सले प्रकाशन गरेको इजाजतपत्रको मूल्य २९५ रुपैयाँ रहेको छ ।

प्रकाशित : असार ९, २०८१ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×