कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुन्छ : महासचिव भूसाल

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुने बताएका छन् ।

नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुन्छ : महासचिव भूसाल

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफूहरूले समस्या समाधान गर्नुपर्ने कुराहरूलाई ध्यानमा राखेर कार्यक्रम ल्याउने बताए । उनले समाजवादी कार्यक्रम ल्याउने, स्थापित गर्ने, मुलुकमा वाम विकल्प दिने गरी नेतृत्व निर्माण गर्ने प्रतिबद्धता जनाए ।

‘हामी विस्तृत छलफलका साथ म फेरि पनि त्यो संकल्पका हिसावले भन्दैछु । आगामी दिनमा हामीले समाधान गर्नुपर्ने सबै समस्यालाई समाधान गर्दै समाजवादी कार्यक्रमलाई बोक्ने, स्थापित गर्ने र मुलुकमा एउटा वाम विकल्प, जति सकिन्छ छिटो दिने हो । हिजो एउटा वाम विकल्प थियो, असाधारण वाम विकल्प थियो, त्यो भत्किएको थियो, भत्किएको छ, त्यसलाई समेत जोड्ने र इतिहासको त्यो दायित्वलाई पनि पूरा गर्नसक्ने गरी हाम्रो नेतृत्व एकताबद्ध भएर हाम्रो नेतृत्व चयन गर्नेछौँ,’ महासचिव भूसालले भने ।

महासचिव भूसालले पार्टीको महाधिवेशनबाट पारित दस्तावेजले दशकौंसम्म कम्युनिस्ट आन्दोलनलाई दिशा निर्देशित गर्ने बताए ।

प्रकाशित : असार १५, २०८१ १४:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×