कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

गृहमन्त्रीका गतिविधि टिप्पणी गर्न लायक छैनन् : नेता निधि

सुनसरी — नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले गृहमन्त्री रवि लामिछानेको काम कारवाही टिप्पणी गर्न लायक नभएको बताएका छन् ।

गृहमन्त्रीका गतिविधि टिप्पणी गर्न लायक छैनन् : नेता निधि

इटहरीमा सोमबार नेपाल प्रेस युनियनले गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै नेता निधिले गृह मन्त्रालयमा लामिछाने जस्तो अपरिपक्क मान्छेलाई जिम्मा लगाउनु नै गलत भएको बताए ।

पूर्वगृहमन्त्री समेत रहेका निधिले अहिलेका गृहमन्त्रीको काम गराई अपरिपक्क देखिएको बताए । सरकार परिवर्तनलाई सामान्यरुपमा लिनुपर्ने उनको भनाइ थियो । 'अहिले संसद्‌मा कसैको पनि स्पष्ट बहुमत छैन । त्यसकारण सरकार परिवर्तन हुने कुरालाई सामान्यरुपमा लिनुपर्छ,' उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई बारम्बार सरकार फेरबदल गरेर उथलपुथल गर्ने विशेषज्ञको संज्ञा दिदै निधिले भने, 'उथलपुथलको विशेषज्ञ प्रधानमन्त्री पुष्पकलम दाहाल हुन्, शेरबहादुर देउवा र केपी शर्मा ओली होइनन् ।'

नेता निधिले बर्तमान संविधान संशोधन जरुरत रहेपनि २०८४ को निर्वाचन अगाडि सम्भावना नरहेको प्रस्ट पारे । संबिधान संशोधनको एजेण्डा लिएर २०८४ को निर्वाचनमा जानुपर्ने र जनताले म्याण्डेड दिएको अवस्थामा मात्र संबिधान संशोधन हुनसक्ने निधिको भनाई थियो ।

प्रकाशित : असार १७, २०८१ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×