इटहरीमा नेकपा एमालेका नेता डम्बर सुवेदीमाथि आक्रमण भएको छ । नेकपा एमाले प्रदेश एक सदस्य रहेका उनीमाथि आइतबार बिहान तीन जनाको समूहले इटहरीको संगीत चोक क्षेत्रमा आक्रमण गरेको हो ।
सुनसरीको हरिनगर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । ६ हजार १ सय ७२ मत ल्याएर अध्यक्षमा गफार अन्सारी मिया र उपाध्यक्षमा रिमझिमकुमारी भगत ६ हजार २ सय १३ मत ल्याएर विजयी भइन् ।
सुनसरीको दुहबी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका बेद नारायण गच्छदार दोहोरिएका छन् । उपमेयरमा मेनुका पोखरेल खतिवडा निर्वाचित भएकी छन् । मेयर निर्वाचित गच्छदारले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बिनय कुमार पोखरेललाई ४ सय ५५ मतान्तरले पराजित गरे ।
सुनसरीको रामधुनी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका शंकरलाल चौधरी र तारा थापा निर्वाचित भएका छन् । एमालेका उम्मेदवार चौधरीले १३ हजार ७ सय ७२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदीप अधिकारीले ११ हजार ४ सय ३५ मत प्राप्त गरे ।
सुनसरीको इनरुवा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका केदार भण्डारी र विनिताकुमारी मेहता निर्वाचित भएका छन् । कांग्रेस उम्मेदवार भण्डारी ११ हजार ८२४ मतका साथ मेयरमा निर्वाचित भएका हुन् ।
इटहरी उपमहानगरपालिकामा मुद्दाभन्दा बढी प्रतिष्ठाको लडाइँ छ । सत्ता गठबन्धनलाई तालमेलको बल छ भने एमालेसँग विगतको विरासत छ । एकातिर तालमेल र अर्कातिर विरासतका कारण मतदान गर्ने दिन नजिकिँदै जाँदा स्थानीय चुनाव रोमाञ्चक बन्दै गएको छ । उम्मेदवारहरू आआफ्नो मतभारको हिसाबकिताबमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा भने ओझेलमा परेको छ ।