सुनसरी क्रिकेट संघमा नेतृत्व चयन   

इनरुवामा शनिबार सम्पन्न संघको चौथो वार्षिक साधारणसभाले ढुंगानाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

जेष्ठ ३०, २०८३

अर्जुन सुवेदी

Leadership selection in Sunsari Cricket Association

What you should know

सुनसरी — सुनसरी जिल्ला क्रिकेट संघको अध्यक्षमा सञ्जीव ढुंगाना सर्वसम्मत निर्वाचित भएका छन् । इनरुवामा शनिबार सम्पन्न संघको चौथो वार्षिक साधारणसभाले ढुंगानाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा अफजल हुसेन, सचिवमा गोविन्द पौडेल र कोषाध्यक्षमा अब्दुल्ला खान चयन भए । सदस्यमा सीपी पौडेल, विकास निरौला, ताहिर हुसेन, जयव्रत सरकार, रतन रौनियार, आनन्द अग्रवाल, नुनुदास गुप्ता, सुनोज निरौला, शिव यादव र सरोज बस्नेत छन् ।

निवर्तमान अध्यक्ष सीपी पौडेलका अनुसार नवनिर्वाचित अध्यक्ष ढुंगाना यसअघि उपाध्यक्ष थिए भने पौडेल स्वयं सचिव पदमा पुनः दोहोरिएका हुन् । अफजल हुसेन सदस्यबाट उपाध्यक्षमा उक्लिएका छन् । साधारणसभामा बोल्दै कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोष, नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य अर्जुन पौडेल र कोशी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजीतराज पाण्डेले पछिल्लो समय सुनसरीले राष्ट्रिय तथा स्थानीयस्तरका प्रतियोगिता सफलतापूर्वक आयोजना गर्दै नेपाली क्रिकेटको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्‍याएको चर्चा गरेका थिए ।

साधारणसभाको अवसरमा पत्रकारितामार्फत सुनसरी तथा कोशी प्रदेशको क्रिकेट विकासमा योगदान पुर्‍याएको भन्दै कान्तिपुरकर्मी अर्जुन सुवेदीलाई सम्मान गरिएको थियो ।

क्रिकेट प्रशिक्षक प्रदीपराज पाण्डे, राजकुमार प्रधान, फोटो पत्रकार गुरु ढकाललाई पनि सम्मान गरिएको थियो । उमेर समूहका खेलाडी यू–१६ का कबिराज खत्री र रविन मण्डल, यू–१९ का रोहन शाह, समीर कार्की, सिनियर खेलाडी प्रकाश कार्की र सुमन गहतराज पनि सम्मानित भए ।

अर्जुन

Link copied successfully