एथलेटिक्समा मोरङ र झापाको उत्कृष्ट सुरुआत

प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका १ हजार ७ सय खेलाडीको सहभागिता रहेको छ ।

जेष्ठ १७, २०८३

अर्जुन सुवेदी

Morang and Jhapa make excellent starts in athletics

What you should know

सुनसरी — प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा भइरहेको १६ औं प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पहिलो दिन एथलेटिक्समा मोरङ र झापाले उत्कृष्ट सुरुआत गरेका छन् । 

इटहरी रंगशालामा जारी प्रतियोगिताअन्तर्गत छात्रा १५ सय मिटर दौडमा मोरङकी मन्दिरा महताराले स्वर्ण, धनकुटाकी एनिशा थापाले रजत र तेह्रथुमकी अरुणा लिम्बूले कास्य पदक जित्न सफल भए । छात्र १५ सय मिटर दौडमा ताप्लेजुङका अमिर लिम्बूले स्वर्ण, पाँचथरका समिर आङदेम्बेले रजत र ओखलढुङ्गाका गुणराज दाहालले कास्य पदक जिते । छात्रा १ सय मिटर दौडमा मोरङकी विनिशा रिजालले स्वर्ण, झापाकी संगीता रसाइलीले रजत र झापाकै अस्मिता लाम्गादेले कास्य पदक जिते । 

छात्र १ सय मिटर दौडमा झापाका सुवास दर्जीले स्वर्ण, सुनसरीका नितेश गच्छदारले रजत र मोरङका सुवेक थापाले कास्य पदक जिते । त्यसैगरी छात्र सटपुट थ्रोमा धनकुटाका डेविट लिम्बूले स्वर्ण, ताप्लेजुङका दिलीप लिम्बूले रजत र तेह्रथुमका दिनेश परियारले कास्य पदक जिते । छात्रा सटपुट थ्रोतर्फ झापाकी सिम्रन राईले स्वर्ण, पाँचथरकी सुस्मिता सिवुले रजत र संखुवासभाकी मनीषा राईले कास्य पदक जिते । 

यसअघि कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा आइतबार सुरु प्रतियोगिताको कोशी प्रदेशका अन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीले उद्घाटन गरेका थिए । प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका १ हजार ७ सय खेलाडीको सहभागिता रहेको कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिव विप्लव घोषले जानकारी दिए ।

एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसुको गरी ६ विधामा सञ्चालन हुने प्रतियोगिताबाट छानिएका खेलाडीले काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने छन् । सोमबार समापन हुने छनोट प्रतियोगिताबाट छानिएका उत्कृष्ट १ सय १५ जना खेलाडी र पदाधिकारीलाई सोही दिन काठमाडौंका लागि बिदाइ गरिने घोषले बताए । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा काठमाडौंमा जेठ २० देखि २२ गतेसम्म हुने केन्ऽस्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सातै प्रदेशका ६ सय ६० भन्दा बढी खेलाडीको सहभागिता रहने राखेपले जनाएको छ ।

अर्जुन

Link copied successfully