कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११८

ब्ल्याकमेलिङको राजनीतिक नगर्न रविलाई कांग्रेस सांसद बस्नेतको चेतावनी

काठमाडौँ — नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई फाइल खोल्ने धम्की नदिन चेतावनी दिएका छन् । 

ब्ल्याकमेलिङको राजनीतिक नगर्न रविलाई कांग्रेस सांसद बस्नेतको चेतावनी

बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्नेक्रममा उनले गृहमन्त्रीले कांग्रेसलाई फाइल खोल्ने धम्की दिइरहेको भन्दै फाइल खोल्ने धम्की नभइ फाइल भए खोल्न आग्रह गरे । उनले ब्ल्याकमेलिङको राजनीतिक नगर्न चेतावनीसमेत दिए । 'राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले भन्नुभएको छ, फाइल खोल्छौं । खोलौं न सबै फाइल खोलौं । तपाईंहरुसँग प्रहरी प्रशासन छ, हामी तयार छौं । फाइल खोल्ने धम्की नदिऔं । ब्ल्याकमेलिङको राजनीतिक नगरौं । कांग्रेसको सरकार आएपछि सुनका फाइल पनि खोलिन्छन्, के-के खोल्ने हो खोलिन्छन्,’ उनले भने ।

उनले कांग्रेस सरकारमा जान आतुर रहेकाले चाँडोभन्दा चाँडो निकास सरकारलाई दिन आग्रह गरे । उनले भने, ‘हामी अहिले प्रतिपक्षमा छौं । चाँडोभन्दा चाँडो सरकारले निकास दिनुपर्‍यो । चाँडोभन्दा चाँडो सरकारमा जान चाहन्छौं । यो स्पष्ट कुरा हो ।'

उनले दुई धोका खाएका एमाले र कांग्रेस मिलेर बनाएको सत्ता समीकरण उन्नति, प्रगति र विकासको लागि भएको दाबी गरे । 'बारम्बार धोका दिँदा-दिँदा दुई धोका खाएका व्यक्तिहरु दुई ठूला पार्टी एक भएका छन् । कांग्रेसले पनि धोका खायो, एमालेले पनि बारम्बार धोका खायो । प्रधानमन्त्रीज्यू के भन्नुहुन्छ भने एउटा खुट्टाले यताबाट हान्छु, अर्को खुट्टाले उताबाट हान्छु बल खेलेको खेल्यै गर्छु भन्नुहुन्छ । बल खेल्न नदिउँ भनेर यो सहमति भएको छ,' उनले भने,' उन्नति, प्रगति र विकासको लागि यो सहमति भएको हो ।'

प्रकाशित : असार १९, २०८१ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×