कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

एमाले सरकार परिवर्तनको खेलमा छैन : प्रमुख सचेतक बर्तौला

काठमाडौँ — नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एमाले सरकार परिवर्तनको खेलमा नरहेको दाबी गरेका छन् । 

एमाले सरकार परिवर्तनको खेलमा छैन : प्रमुख सचेतक बर्तौला

सोमबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले एमाले तत्काल सरकार परिवर्तन गर्ने खेलमा नरहेको जिकिर गरे ।

वर्तमान सरकारलाई नै थप मजबुत बनाएर लैजाने पक्षमा एमाले रहेको उनको भनाइ छ । उनले भने, ‘एमाले यो सरकारलाई मजबुद बनाएर लैजाने पक्षमा छ । सरकार अदल बदल गरेर त्यसको नेतृत्व परिवर्तन गर्ने खेलमा एमाले छैन । सरकारलाई मजबुत बनाएर लैजानुपर्छ ।'

प्रकाशित : असार १७, २०८१ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×