कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

दृष्टिविहीन बालिका बलात्कृत, आरोपित पक्राउ

कालीकोट — घर परिवारका सदस्य रोपाइँमा गएको बेला नरहरिनाथकी १३ वर्षीया दृष्टिविहीन बालिका बलात्कृत भएकी छन् । आँखा देख्न नसक्ने बालिकालाई घरमा एक्लै भएको मौका पारी ५० वर्षीय चक्रबहादुर विष्टले बलात्कार गरेको आफन्तको आरोप छ । 

दृष्टिविहीन बालिका बलात्कृत, आरोपित पक्राउ

आइतबार बिहान ११ बजेतिर जबरजस्ती करणी गरेर भागेका विष्टलाई सोमबार प्रहरीले पक्राउ गरेर सदरमुकाम मान्म ल्याएको छ । सुस्तमनस्थिति समेत भएकी बालिकालाई बलात्कार गरेको जाहेरी परेपछि आरोपितलाई सोमबार पक्राउ गरेर मंगलबार जिल्ला अदालतबाट ७ दिनको म्याद थप भएको जिल्ला प्रहरी प्रमुख डीएसपी अर्जुन केसीले बताए । 'बालिकाको स्वास्थ्य परीक्षण भइसकेको छ,' उनले भने, 'थप अनुसन्धान गर्दैछौं ।'

बालिकाको घरमा कोही नभएको मौका पारेर जबरजस्तीकरणी गरेको जाहेरीमा उल्लेख भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले बताए । उनका अनुसार आरोपितलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

दृष्टिविहीन बालिका कक्षा ७ मा पढ्छिन् । बालिका आँखाको उपचार गर्न आफन्तसँग सदरमुकाम मान्म हुँदै कैलालीको गेटा आँखा अस्पतालमा परीक्षण गरेर एक साताअघि घर फर्किएकी थिइन् । मंगलबार बालिकाको स्वास्थ्य परीक्षण गरिएको जिल्ला अस्पतालमा रहेको आपतकालीन एकद्धार संकट व्यवस्थापन केन्द्र ओसीएमसीका प्रमुख डा. प्रतिमा भण्डारीले बताइन् ।


प्रकाशित : असार १९, २०८१ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×