कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा पेश गर्ने कांग्रेसको निर्णय

काठमाडौँ — नेपाली कांग्रेसले महासमिति बैठकबाट पारित पार्टीका दस्तावेजहरु केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको छ । 

महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा पेश गर्ने कांग्रेसको निर्णय

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी एवं पूर्वपदाधिकारीको सोमबार बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकले ती दस्तावेजलाई अन्तिम रुप दिन केन्द्रीय समितिमा लैजाने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

बैठकले पार्टीका धेरै जसो भ्रातृ संस्थाका केन्द्रीय समितिको समयावधि समाप्त भएकाले थप गर्ने विषयमा छलफल भएको पनि उनले बताए ।

कांग्रेसको गत फागुनमा भएको महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले अलग-अलग दस्तावेज पेश गरेका थिए ।

प्रकाशित : असार १७, २०८१ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×