कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

टिआरसी विधेयकमा सहमति जुटाउन गठित कार्यदलले थाल्यो छलफल

काठमाडौँ — संक्रमणकालिन न्याय (टिआरसी)सँग सम्बन्धित विधेयकमा सहमति जुटाउन गठित कार्य दलले छलफल सुरु गरेको छ ।

टिआरसी विधेयकमा सहमति जुटाउन गठित कार्यदलले थाल्यो छलफल

बुधवार सिंहदरबारमा बसेको कार्य दलको बैठकले हत्याको परिभाषा कसरी गर्ने, बाल सेना र पीडित सुरक्षाकर्मीको मागलाई कसरी सम्बोधन गर्ने, पीडितले न्यायको खोजीमा फेरि अदालत जान पाउने वा नपाउने, घटी सजायको माग दाबी लगायतका चार मुख्य विषयमा सहमति जुटाउनका लागि कार्य दलमा प्रारम्भिक छलफल भएको छ ।

पीडितलाई न्यायको प्रत्याभूति हुने गरी विधेयकमा देखिएको विवादका विषयमा सहमति जुटाउने गरी छलफललाई बढाइएको कार्यदलका सदस्य समेत रहेका एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए । बैठकमा नेताबीच सो विधेयकलाई छिटो टुंग्याएर चालु अधिवेशनमा सो विधेयक पारित गर्ने गरी अघि बढ्ने समझदारी भएको छ । पीडितलाई न्याय दिलाउने र पीडितलाई दण्डको व्यवस्था हुने गरी सो विधेयकमा सहमति जुटाउने गरी छलफल अघि बढाइएको उनले बताए ।

उनले भने, ‘संसदीय समितिमा टिआरसी विधेयक विचाराधीन छ । यो विधेयक टुंगोमा पुर्‍याउनका लागि हामीले उपसमिति बनाएर पनि काम गर्‍यौं । चार वटा विषयहरुमा थप छलफल गर्नुपर्ने भनेर यसलाई प्रतिवेदन समितिमा पठाइयो । त्यो प्रतिवेदनउपर समितिमा पनि केही छलफल भयो । तथापि पनि त्यसलाई निष्कर्षमा पुर्‍याउन सकिएको छैन । शीर्षस्थ नेताहरुको बीचमा पनि त्यो विषयमा छलफल भयो । सो छलफलबाट असहमतिका विषयलाई टुंग्याउनका लागि थप छलफल गर्नुपर्ने भनेर हामीले जे विषय राखेका थियौं । त्यसलाई टुंगोमा पुर्‍याउनका लागि हामीले छलफल थालेका छौँ ।'

कार्यदलमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा सदस्य रहेका छन् । कार्यदलमा प्रस्तावित कानूनका व्यवस्थाहरुमाथि छलफल प्रारम्भ भएको बर्तौलाले बताए ।

प्रकाशित : असार १९, २०८१ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×