कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

एजेण्डामा सहमति बन्यो भने एमालेसँग सहकार्य हुन सक्छ : प्रवक्ता महत

काठमाडौँ — नेपाली कांग्रेसका प्रवक्ता एवम् प्रतिनिधिसभा सदस्य प्रकाशशरण महतले संविधान संशोधन लगायतको विषयमा समझदारी बनेको अवस्थामा काँग्रेस-एमालेको सहकार्य हुन सक्ने बताएका छन् ।

एजेण्डामा सहमति बन्यो भने एमालेसँग सहकार्य हुन सक्छ : प्रवक्ता महत

सोमबार प्रतिनिधिसभाबाट बाहिरिने क्रममा नेता महतले केवल सत्तामा मात्रै आधारित नभइ मुद्दामा आधारित भएर कांग्रेस-एमालेबीचको गठबन्धन बन्ने सक्ने बताए । उनले भने, 'हामी मुद्दामा आधारित हुनुपर्छ । सरकार परिवर्तन हुनुमात्रै महत्वपूर्ण कुरा होइन । यो सरकार दिगो हुनुपर्छ र दीर्घकालिन रुपमा काम गर्ने वातावरण हुनुपर्छ । अब सत्ताको लागि सत्ता होइन कि त्यसको दिगोपन, के–के मुद्दामा सहमति हुने ? निर्वाचन प्रणालीले स्थायित्वमा समस्या आयो भन्ने कुरा छ । यी सबै कुरामा समझदारी बन्यो भने अगाडि बढ्नसक्छ ।'

उनले यसबारे नेताहरुबीच कुराकानी हुनुलाई अस्वभाविकरुपमा लिन नहुने बताए ।

प्रकाशित : असार १७, २०८१ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×