कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

जेष्ठ नागरिकलाई सम्मान गर्ने विषय विद्यालय तहको पाठ्यक्रममा नै समावेश गर्न सांसद शाक्यको प्रस्ताव

काठमाडौँ — राष्ट्रिय सभाकी सांसद अन्जान शाक्यले जेष्ठ नागरिकको सेवा र सम्मानबारे विद्यालयको पाठ्यक्रममै समावेश गर्नुपर्ने प्रस्ताव गरेकी छन् । राष्ट्रिय सभामा बोल्दै उनले जेष्ठ नागरिकहरुको मानसिक, शारीरिक तथा समग्र स्वास्थ्य अवस्थालाई राज्यबाट नै ध्यानमा दिनुपर्ने पनि उल्लेख गरिन् ।

जेष्ठ नागरिकलाई सम्मान गर्ने विषय विद्यालय तहको पाठ्यक्रममा नै समावेश गर्न सांसद शाक्यको प्रस्ताव

विद्यालय तहको पाठ्यक्रममा नै समावेश गर्न सकेको अवस्थामा सबै जेष्ठ नागरिकको सम्मानजनक व्यवहारमा सहभागिता गराउन सकिने उनको धारणा थियो ।

संघ, प्रदेश र स्थानीय सरकारले समन्वयात्मक ढंगले जेष्ठ नागरिकहरुको लगत अध्यावधिक गर्ने मृत्युपर्यन्तसम्म न्युनतम आवश्यक र सुविधाको व्यवस्थापनका लागि जेष्ठ नागरिक क्लब, जेष्ठ नागरिक आश्रय केन्द्र वा जेष्ठनागरिक दिवा केन्द्र सञ्चालन गर्नुपर्नेमा पनि उनले जोड दिइन् ।

सहरी सौदर्य र स्वच्छताका लागि स्थानीय तहसँगको सहकार्यमा सहरका नदी किनारमा हरियाली प्रवद्र्धनका लागि पार्क निर्माण कार्यलाई अभियानका रुपमा सञ्चालन गर्नुपर्ने पनि उनले बताइन् ।

‘दीगो विकास लक्ष्य प्राप्तिका लागि आधुनिक दीगो र व्यवस्थित सहरी करणका लागि सघन सहरी विकास कार्यक्रम, क्षेत्रीय सहरी विकास आयोजना, नयाँ सहर विकास आयोजनालगायतका कार्यक्रमहरुका लागि बजेट अझ थप गर्नुपर्ने देखिन्छ,’ उनले भनिन्,'त्यस्ता आयोजना र कार्यक्रम कार्यान्वयनका लागि प्रभावकारी प्रशासनिक व्यवस्था गर्न आवश्यक छ । त्यो भयो भने मात्रै आयोजनाहरुले समयमै पूर्णता प्राप्त गर्न सक्छन् ।’

शाक्यले नेपालीहरुका लागि दैनिक रुपमा अत्यावश्यक खाद्यन्न तथा अन्य जीवनयापनका बस्तुहरुमा कुनै व्यवस्थापन नभएको भन्दै यस विषयमा बजेटमा सम्वोधन हुन आवश्यक रहेको पनि बताइन् ।

‘बजेटमा ४० प्रतिशत भन्दा कम उत्पादन क्षमतामा चलिरहेका नीजि क्षेत्रका उद्योगहरुको समूचित व्यवस्थापन तथा प्रवद्र्धनका लागि पनि कुनै ठोस कार्यक्रमहरु ल्याइएको छैन,’ उनले भनिन् ‘आगामी आर्थिक वर्षको बजेटका कार्यक्रमहरु हेर्दा नेपाली उत्पादनहरु अझै पनि प्रतिस्पर्धी बन्न सकेको देखिँदैन । त्यसतर्फ ध्यान दिन आवश्यक छ ।’

प्रकाशित : असार १७, २०८१ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×