कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

एनआईसी एशिया बैंकको मास्टर कार्ड सेवा सुरु

काठमाडौँ — डिजिटल बैंकिङलाई आत्मसात गर्दै एनआईसी एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउन मास्टर कार्ड सेवा सुरु गरेको छ । आइतबार पोखरामा आयोजित विशेष कार्यक्रमबीच उक्त कार्ड सेवा सुरु गरेको हो ।

एनआईसी एशिया बैंकको मास्टर कार्ड सेवा सुरु

डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने मास्टर कार्ड बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट लिन सकिनेछ । जसमा अत्याधुनकि सुरक्षा प्रविधि (इएमभी) तथा अत्याधुनकि कन्टायाक्टलेस प्रविधि समेत प्रयोग गरिएको छ । यस कार्डमार्फत ग्राहकले नेपाल, भारत र भुटानबाट एटिएमबाट भुक्तानीको साथमा पीओएस तथा ई–कमर्शमा भुक्तानी गर्न सकिनेछ ।

'डिजिटल फष्ट' बैंकको रुपमा आफूलाई स्थापित गर्न लागिरहेको एनआईसी बैंक र मास्टर कार्ड बीचको यो सहकार्यले नेपालको बैंकिङ क्षेत्रलाई थप उचाइमा पुऱ्याउन ठोस योगदान दिने बैंकले जनाएकाे छ । बैंकको देशभर ३६० शाखा कार्यालय, ६७० एटएिम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहति शाखा सञ्जाल छन् ।

प्रकाशित : असार १७, २०८१ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×