कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द विरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ — नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रद्दको विरोधमा सर्वोच्च अदालतमा रिट परेको छ । अध्यक्षका प्रत्यासी सन्तोषनारायण श्रेष्ठले सोमबार अदालतमा रिट हालेका हुन् ।

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द विरुद्ध सर्वोच्चमा रिट

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिले गत शुक्रबाट अध्यक्ष चयनको प्रक्रिया रद्द गरेको सूचना जारी गरेका थिए ।

समितिले छनौट प्रक्रिया रद्द गर्नु कानुनसंगत नभएकाले त्यसलाई यथास्थानमा रहन दिई प्रक्रिया अघि बढाउनु पर्ने माग राख्दै श्रेष्ठले रिद दायर गरेका हुन् ।

‘सिफारिस समितिलाई प्रक्रिया रद्द गर्ने अधिकार छैन, सबै प्रत्यासी उपस्थित नभए होलान तर, हामी त सबै प्रक्रियामा सहभागी भएकै थियौं,’ सन्तोषनारायण नारायण श्रेष्ठले भने, ‘यसकारण उक्त प्रक्रिया रद्दको विरोधमा रिट दर्ता गरेको छु ।’

धितोपत्र ऐनमा कम्तिमा तीन जना सिफारिस गर्नु पर्ने व्यवस्था छ । सिफारिस समितिले सर्ट लिष्ट गरेका पाँचजनामध्ये दुई जनामात्र कार्ययोजना प्रस्तुति तथा अन्तरवार्तामा सामेल भएपछि गत शुक्रबार प्रक्रिया रद्द भएको थियो ।

प्रकाशित : असार १७, २०८१ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×