यात्रीसँग सिप्रदीको ‘जोइन्ट भेन्चर’

असार १९, २०८१

कान्तिपुर संवाददाता

Sipradi's 'Joint Venture' with Yatri

काठमाडौँ — यात्री मोटरसाइकल्स्ले विद्युतीय स्कुटर निर्माणसँगै आफ्नो उत्पादन कार्य सुचारु गर्ने भएको छ । ‘प्रोजेक्ट टु’ अन्तर्गतको ई–स्कुटर निर्माणमा सिप्रदी ट्रेडिङले यात्रीलाई सघाउने भएको छ । यात्री र सिप्रदीबीच ज्वाइन्ट भेन्चर परियोजनाका लागि सहमतिसमेत भइसकेको छ ।

‘देशको बाटो र माटो सुहाउँदो गुणस्तरीय दुईपांग्रे सवारीसाधन उत्पादन गर्न हामीले यो सम्झौता गरेका छौं,’ यात्रीका एक उच्च अधिकारीले भने, ‘नेपालको भूगोललाई मिल्ने खालको, यहाँको दुईपांग्रे बजारलाई गुणस्तरीय प्रोडक्ट दिने यात्रीको लक्ष्य हो ।’ सिप्रदीका अधिकारले पनि विदेशबाट इलेक्ट्रिक स्कुटर आयात नगरी नेपालकै कम्पनीलाई स्कुटर बनाउन दिँदा भूगोल सुहाउँदो प्रोडक्ट बन्ने अपेक्षा राखेको प्रतिक्रिया दिएका छन् । 

मेड इन नेपाल मोटरसाइकल ‘यात्री’ को यात्रा 

‘अहिले नेपाल भित्रिरहेका जति पनि ईभी छन्, नेपालको भूबनोटलाई नमिल्ने र राइडरले कतै न कतै धोका पाइरहेको देखिन्छ,’ यात्रीका अधिकारीले भने, ‘हामीले नेपालको भूगोल अध्ययन गरेर नेपाललाई मिल्ने स्पेक्स भएको स्कुटर बनाउन यो ज्वइन्ट भेन्चर गरेका हौं ।’ यात्री मोटरसाइकल्स्ले यसअघि ‘प्रोजेक्ट जिरो’ र ‘प्रोजेक्ट वान’ अन्तर्गत जेन वान र जेन टु स्पोर्ट्स बाइक उत्पादन गरेको थियो । प्रोजेक्ट टु स्कुटरपछि प्रोजेक्ट थ्री रोड बाइक बनाउने कम्पनीले जानकारी दिएको छ । 

Get YouTube Transcripts

Get YouTube Transcripts

 नेपालमा उत्पादन हुने सवारीसाधनहरूको दर्ता प्रक्रियाका विषयमा रहेको नीतिगत अन्योलका कारण यात्री मोटरसाइकल लामो समय दर्ता प्रक्रियामा आउन सकेको थिएन । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा उत्पादित सवारीसाधन दर्ता गर्ने वातावरण मिलाउन निर्देशन दिएसँगै गएको जेठमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागले कानुन संशोधन गरी नेपालमा उत्पादन हुने सवारीसाधन दर्ता हुन सक्ने आधार तयार गरेको थियो । 

‘दर्तामा समस्या भएर हामीले करिब एक वर्ष उत्पादन नै रोक्यौं,’ कम्पनीका ती अधिकारीले भने, ‘बाटो–बाटोमा प्रहरीले यात्री बाइक समातेको पनि देखियो । नेपालमा यसअघि सवारीसाधन उत्पादन गर्ने कुनै पनि कम्पनी नभएकाले दर्तासम्बन्धी समस्या आएको थियो । हाम्रा लागि दर्ताको सिस्टम बनाइदिने निकाय नै भएन । एउटाले अर्कोलाई देखाउने गर्थे ।’ निर्देशिका संशोधनपछि यात्रीले यातायात व्यवस्था कार्यालय गुर्जुधारामा आफ्नो विद्युतीय स्पोर्टस बाइक ‘प्रोजेक्ट–वान’ दर्ता गरेको थियो ।

कान्तिपुर

Link copied successfully