कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सहमतिबाट नेतृत्व निर्माण हुन नसके निर्वाचनबाट हुन्छ : नेता खनाल

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले सर्वसम्मत नेतृत्वले सिंगो समाजवादलाई ठीक दिशातिर अघि बढाउने विश्वास व्यक्त गरेका हुन् । 

सहमतिबाट नेतृत्व निर्माण हुन नसके निर्वाचनबाट हुन्छ : नेता खनाल

उनले नेताहरूको बीचमा कहीँ पनि ठूलो समस्या नरहेको बताए । उनले कम्युनिस्ट पार्टीका नेताहरूको बीचमा बहस हुनु ठूलो कुरा नभएको बताए ।

‘हामीले आउने महाधिवेशनबाट निर्माण गरेको नेतृत्व सर्वसम्मत हुनेगरी निर्माण गरौँ । त्यो सर्वसम्मत नेतृत्वले सिंगो समाजवादलाई ठीक दिशातिर अघि बढाउँछ । हामी नेताहरूको बीचमा कहीँ पनि त्यस्तो ठूलो समस्या छैन । हामी कहिलेकाहीँ बहस गर्दछौँ । कम्युनिस्ट पार्टीका नेताहरूको बीचमा बहस हुनु भनेको कुनै ठूलो कुरा होइन । हामीले यो महाधिवेशनभित्रबाट पनि मन्थन गरेर व्यापक दस्ताबेजहरूको संश्लेषण गरेर आफ्नो निष्कर्ष निकाल्छौँ । अब केही गर्दा भएन, हाम्रो बीचमा केही गर्दा पनि मिलेन, मिल्दै नमिलेपछि हामीले लोकतन्त्रको बाटो लिनुपर्छ कि पर्दैन ? लोकतन्त्रातिक विधिबाट हामी नेतृत्व निर्माण गर्नेछौँ,’ उनले भने ।

सम्मानित नेता खनालले विचार र व्यवस्थापनको सन्तुलन मिलाएर पार्टी अघि बढ्ने बताए । उनले नेकपा (एकीकृत समाजवादी) को नीति नेकपा (एकीकृत समाजवादी) कै नेतृत्वमा निर्माण हुने बताए ।

प्रकाशित : असार १५, २०८१ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×