कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

रामग्राममा किशोरकोशोरीका समस्या सुन्न छुट्टै फोकल पर्सन

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले किशोर किशोरीको स्वास्थ्य समस्या सुन्न छुट्टै फोकल पर्सनको व्यवस्था गरेको छ । नगरको भित्रको दुई वटा स्वास्थ्य संस्थालाई  किशोरकिशोरीका मैत्री स्वास्थ्य संस्था घोषणा गर्दै नगरले समस्या सुन्ने कक्ष र फोकल पर्सनको व्यवस्था गरेको हो । 

रामग्राममा किशोरकोशोरीका समस्या सुन्न छुट्टै फोकल पर्सन

वडा नम्बर १६ मा रहेको शुक्रौली स्वास्थ्य चौकी र वडा नम्बर १४ मा रहेको अमरौट स्वास्थ्य चौकी किशोरकिशोरीमैत्री स्वास्थ्य चौकी घोषणा गरिएको हो । किशोर अवस्थाका सेवाग्राहीलाई विशिष्टिकृत सेवा दिनका लागि विशेष व्यवस्था गरिएको नगर प्रमुख धनपत यादवले बताए ।

किशोर किशोरीमैत्री स्वास्थ्य सेवा संञ्चालन निर्देशिका २९७९ को दफा ५ को व्यवस्थाका आधारमा किशोरकिहोरी मैत्री स्वास्थ्य घोषण गरीएको रामग्राम नगरपालिकाका जनस्वास्थ्य निरिक्षक सुरज हरिजनले बताए । किशोरकिशोरीका लागी आफ्ना समस्या भन्न छुट्टै फोकल पर्सनको व्यवस्था गरिएको छ भने छुटै कक्षमा उनीहरुले बसेर आफ्ना समस्याका विषयमा छलफल र जिज्ञासा राख्न सक्ने छन् ।

किशोरकिशोरीमा हुने शारिरीक विकास, मानसिक विकास, प्रजनन स्वाथ्य, विभिन्न रोग तथा अंगहरुको विषयमा जानकारी लिन उनीहरु बिना हिचकिचावट अब स्वास्थ्य संस्थामा गएर आफैँ जानकारी लिन सक्ने व्यवस्था गरिएको छ ।

प्रकाशित : असार १७, २०८१ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×