कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०

रोल्पामा जिप दुर्घटना, ११ जनाको उद्धार

रोल्पा — रोल्पामा सोमबार दिउँसो जिप दुर्घटना भएको छ । रोल्पाको घर्तीगाउँदेखि तालाबाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप घर्तीगाउँ–तालाबाङ सडक अन्तर्गत परेवा छहरा नजिकैबाट ४ सय मिटर मुनि खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । 

रोल्पामा जिप दुर्घटना, ११ जनाको उद्धार

प्रहरीले हालसम्म ११ जनाको उद्धार गरेको जनाएको छ । माडी–२ को घर्तीगाउँदेखि माडी– ३ र ४ को तालाबाङ जाने क्रममा उक्त जिप दुर्घटनामा परेको हो । जिप दिउँसो ४ बजे घर्तीगाउँबाट हिडेको थियो भने करिब एक घण्टापछि दुर्घटनामा परेको थियो ।

प्रहरीले जिपमा ११ देखि १४ जनासम्म सवार भएको बताएको छ । जिप दुर्घटनापछि सबै यात्री गम्भीर घाइते भएका छन् ।

प्रहरी नायब उपरीक्षक भरत लामाले सबै घाइतेलाई घर्तीगाउस्थित स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा ल्याउने व्यवस्था मिलाइएको र मृत्यु भएकोहरुको घोषणा अस्पतालस्थित चिकित्सकले गर्ने बताए । जिपमा सवार एउटै गाउँ तालाबाङका थिए ।

प्रकाशित : असार १७, २०८१ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×