कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

खुट्टाले लेखेर एसईई पास

रुपा गहतराज

नेपालगञ्ज — दुवै हातले काम नर्गने भएकाले राप्तीसोनारी २ मदुईका उमेश केसीमाथी धेरैले दयाभाव देखाउँथे । तर दुवै हात नचल्ने भएर के भो र उनले खुट्टाले नै लेख्न सिके । अनि कक्षा चढदै चढदै यसपाला एसईईको परिक्षा दिएर पास पनि भए । उमेशले २.९२ जीपीए ल्याएर उतिर्ण भएपछि स्थानीयले भन्न थालेका छन, अपांगता भएर पनि उमेशले पढिछाड्यो ।

खुट्टाले लेखेर एसईई पास

उमेशका दुवै हात जन्मजात नै काम गर्न नसक्ने अवस्थाका थिए । घरपरिवारका सदस्यले हौसला भरेपछि उनी खुट्टाले नै कमल समाउन अघि सरे । विस्तारै उनी सजिलै लेख्न सक्ने भए । यही लेख्न सक्ने क्षमताले उनलाई पढन सक्छु भन्ने आत्मविश्वास थपिदियो ।

उमेश जन्मिँदा उनका खुट्टा पनि सबलांगका जस्ता थिएनन् । परिवारका सदस्यले तीन-तीन पटक शल्यक्रिया गरेर उनको खुट्टाको उपचार नगरेको भएर उमेश खुट्टाले पनि लेख्न सक्ने अवस्थामा हुँदैनथे । उमेश लामो समय उभिन र हिँड्न सक्दैनन् ।

गाउँकै बोर्डिङ्ग स्कुलमा सात कक्षासम्म पढेका उमेश आठ कक्षादेखि राप्तीसोनारी २ को लक्ष्मी माविमा पढन थालेका हुन् । नियमित विद्यालय जाने र ध्यान दिएर पढने बानीले उनलाई एसईईको ढोका पार गर्न सजिलो बनायो । उमेशकी आमा गोमा पनि छोराको सफलताले दंग छिन् । भनिन, ‘अपांग भएर केही गर्न सक्दैनन् भन्नेलाइ गतीलो झापड दिएकोमा निकै खुसी छु ।

आफूले सोचेभन्दा कम ग्रेड आएकोमा उमेश थोरै खिन्न त छन् तर उनले अब झनै मिहनेत गरेर पढने सोचन पनि उनले बनाएका छन् । भन्छन, ‘अब झनै धेरै मिहनेत गरेर पढनेछु ।’ लोकसेवा पढेर अधिकृत बन्ने सपना देखेका उमेशले उच्च माविमा बाली विज्ञान बिषय पढने योजना बनाएको सुनाए ।

प्रकाशित : असार १७, २०८१ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×