कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

भन्सार छलेर ल्याइएको लाखौँको कपडा बरामद

रुपा गहतराज

नेपालगञ्ज — बाँके प्रहरीले नेपालगन्जको एक घरमा छापा मारेर लाखौँको कपडा बरामद गरेको छ। 

नेपालगन्ज उपमहानगरपालिका– २ न्यूरोड भानुभक्त चोकमा रहेको सोनी गुप्ताको घरमा प्रहरीले छापा मारेर प्रहरी कपडा बरामद गरेको हो ।

भन्सार छलेर ल्याएको ३४ लाख १९ हजार २ सय रुपैयाँ बराबरको ४ हजार २७४ पिस कुर्ता सुरुवाल र ४ लाख २० हजार रुपैयाँ बराबरको ४८० पिस साडी बरामद गरिएको हो ।

बाँकेका प्रहरी प्रवक्ता नारायण डाँगीका अनुसार ३८ लाख ३९ हजार २ सय रुपैयाँ बराबर रहेको कपडालाई प्रहरीले आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको छ।

प्रकाशित : असार १७, २०८१ २२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×