कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

प्रधानमन्त्री र कृषि मन्त्रीले मेसिनबाट रोपे धान (तस्बिर)

रमेशकुमार पौडेल

चितवन — रत्ननगर नगरपालिका–६, बछौली सौराहा बसपार्क नजिकैको बेचनी चौधरीको खेत धान रोप्नका लागि तयार पारिएको थियो। तर रोपाइँको तयारी सामान्यभन्दा फरक थियो । शनिबार बिहान धान रोप्न हिल्याएको उनको खेतमा दुईवटा मेसिन तयार थिए ।

बेचनीका जेठा छोरा टीका चौधरीका अनुसार मेसिनले धान रोप्न लागेको दुई वर्ष भएको थियो । तर यसअघि चैते धान रोपेका थिए, बर्खेधान मेसिनले पहिलो पटक रोप्दै थिए ।बर्खामा पहिलो पटक मेसिनले धान रोप्दा मेसिन चलाउन तयार थिए प्रधानमन्त्री पुष्पकमल दाहाल । प्रधानमन्त्री दाहाल मात्रै हैन, कृषि मन्त्री ज्वालाकुमारी साह र बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पनि उनको खेतमा धान रोप्न पुगेका थिए । असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाइने गरिन्छ । यो पटक २१ औं राष्ट्रिय धान दिवसको सन्दर्भ पारेर प्रधानमन्त्री दाहालसहित नेताहरु चौधरीको खेतसम्म पुगेका हुन् । 

यो वर्षको धान दिवसको नारा 'जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने रहेको छ । धान खेतीमा जलवायु परिवर्तनले पारेको चुनौती सामना गर्न धानका विभिन्न जातहरु तयार गरिएको थियो । मेसिनले धान स्याहार्दा र काट्दा लागत घट्ने, खेती गर्न सजिलो हुने र धेरैलाई कृषिमा आकर्षित गर्न पाइने अवसर रहेको कृषि विभागका महानिर्देशक नरहरीप्रसाद घिमिरेले बताए । 

प्रकाशित : असार १५, २०८१ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्